१ चैत्र २०८२, आइतबार
१ चैत्र २०८२, आइतबार

प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा सन्धिखर्कमा दिप प्रज्वलन

अर्घाखाँचीमा प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा सदरमुकाम सन्धिखर्ककाे शान्तिबगैचामा दिव प्रज्वलन गरिएको छ ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख तथा मुल समाराेहका संयोजक जिवनारायण काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा बोल्दै राख्दै काेईरालाले मुलुकमा विधिको शासन ल्याउनकाे लागि प्रजातान्त्रकाे महत्वपुर्ण भुमिका रहेको बताउदै २०४६।४७ सालको आन्दोलनमा प्रजातन्त्रका पक्षमा वकालत गर्ने प्रती उच्च सम्मान गदै जहानिया राणा शासनको अन्तयका लागि आफ्नो ज्यानको आहुति दिने सम्पुर्ण सहिद हरुलाई सम्झदै उनिहरुले गरेको बलिदानीका कारण नेपालमा प्रजातन्त्र आएको बताउनुभयो ।

कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उप प्रमुख मिश्रा आचार्य, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नुमलाल पन्थी, सन्धिखर्क नगरपालिका निमित्त प्रशासकीय अधिकृत मन्जु खनाल , नेकपा एमालेका नेता सिद्वि प्रसाद भुसाल , नेकपा माओवादीका सन्धिखर्क नगर अध्यक्ष कुष्णहरि भुसाल नेकपा एकीकृत समाजबादीका अध्यक्ष राम ब. चाैहान सुरक्षा निकायका प्रमुख जिल्लामा त्रियाशिल सन्चारकर्मी लगायतको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार