नयाँ नेतृत्व चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन पाणिनीको अधिवेशन सम्पन्न

चन्द्रमणी भट्टराई / अर्घाखाँची ।

नेपाल निजामती कर्मचारी संगठन पाणिनीको दोस्रो गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। गाउँ पालिकाको केन्द्र दुर्गाफाट‌मा सम्पन्न अधिवेशन‌ले संगठनको नयाँ कार्य समिति निर्वाचित गरेको छ।

नव निर्वाचित समितिको अध्यक्षमा शोभाखर भुसाल, उपाध्यक्षमा चन्द्रमणि भट्टराई, सचिव विरेन्द्र गौतम, कोषाध्यक्ष देवराज घिमिरे र सदस्यहरू‌मा अनुपा आचार्य, निर्मला पोख्रेल, निर्मला चालिसे, अरुण कुमार चौधरी, कृष्ण घिमिरे, लेख वहादुर सोमै, लोकेन्द्र खडका, मान बहादुर पाण्डे र तुलसा पौडेल रहनु भएको छ। यस्तै अधिवेशनले उमानाथ पौडेलको संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समितिको पनि गठन भएको छ।

 

यस अघि आजै सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन, पाणिनी र नेपाल निजामति कर्मचारी संगठन‌ पाणिनीको संयुक्त रुपमा आयोजना गरिएको अधिवेशनको खुल्ला सत्रमा नेपाल निजामती कर्मचारी संगठन पाणिनीका अध्यक्ष शोभाखर भुसालको सभापतित्व, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दिय सचिवालय सदस्य एवं नेपाल शिक्षक महासंघका उपमहासचिव राम प्रसाद ढ‌कालको प्रमुख आतिथ्य रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार