२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

पाणिनी महोत्सवको नवौं दिन आज दर्शकको घुइचो, दस हजार दर्शकले एकैदिन गरे मेला अवलोकन

शिवराज बेल्वासे । आठौँ कृषि, पर्यटन, उद्योग र ब्यापार पाणिनिको आर्थिक समृद्धिको मुल आधार भन्ने मुल नारा सहित ८औं  पाणिनी कृषि, पर्यटन, उद्योग र ब्यापार महोत्सव भव्यरुपमा चलिरहेको छ ।

 पाणिनी महोत्सवको नवौं दिन आज दर्शकक घुइचो लगएको छ । दस हजार दर्शकले मेला अवलोकन गरेको आयोजकको दावी गरेको छ ।पछिल्लो समयमा निकै चर्चा कमाएका गायक प्रकाश दुतराज, वसन्त लम्साल लगायतका कलाकारले महोत्सवमा दर्शकलाई झुमाएका थिए । पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनामका अनुसार भोलि शान्तिरानी परियार, कुशल बेल्वासे , योगराज पोख्रेल लगाएका कलाकार भोलि महोत्सवमा आउने भएका छन ।

पाणिनी पर्यटन समाज्को आयोजना र भिजन लुम्बिनी इन्टरटेनमेन्ट प्रालिको मुख्य आयोजनामा भैरहेको कार्यक्रममा थुप्रै ब्यापारीक स्टल तथा मनोरञ्जनका लागि झुला र बाल उद्दानको समेत ब्यवस्था गरिएको छ । निशुल्क माटो तथा गोवर परिक्षण सहित कृषि सामग्री र उत्पादनको प्रदर्शनी समेत गरिएको छ ।

फाल्गुन ६ गतेबाट शुरु भएको महोत्सवमा होटल तथा अन्य ब्यवसायिक स्टल समेत रहेका छन । फाल्गुन १८ गतेसम्म चल्ने महोत्सवको संरक्षकत्व पाणिनी गाउँपालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार