२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

माओवादी केन्द्र सन्धिखर्क नगर अध्यक्षमा पुनः भुसाल निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सन्धिखर्क नगरपालिकाकाे तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः  माओवादी केन्द्रका नेता कृष्णहरि भुसाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

भुसालको अध्यक्षतामा ४३ सदस्य रहेको  सन्धिखर्क नगर कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको छ । नव निर्वाचित कमिटिको उपाध्यक्षमा सीता श्रीपाली,  नाम बहादुर रायमाझी (काजिमान),  बेदुराम भुसाल रहनुभएको छ । यस्तै  सचिवमा मोहन सिंह ठकुरी,  सहसचिवमा सरोज पौडेल, कृष्णादेवि बस्नेत कोषाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक दोर्णप्रसाद भुसालले बताउनुभएको छ । निर्वाचित अध्यक्ष तथा पदाधिकारी लगायत सदस्यलाई निर्वाचन संयोजक भुसालले सपथ गराउनु भएको थियोे । नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल , केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी लगायतले शुभकामना दिदै पार्टीकाे जिम्मेवारीलाई गहनतापुर्वक लागू गदै नगरभित्रका भ्रष्टाचार, कुशासन लगायतको विराेध गदै पार्टीकाे सङ्गठनमा लाग्न आग्रह समेत गनुभएकाे थियोे । अधिवेशनकाे केही दिन पहिला माओवादी केन्द्र केन्द्रीय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभएको थियोे ।

अधिवेशनमा शपथ ग्रहण गदै अध्यक्ष कृष्णहरि भुसालले आफुले पाएको जिम्मेवारी जनताको जिम्मेवारी सम्झिई जनताका काम र  बिकास निर्माण, सुशासन र सङ्गठन बिस्तारमा प्रयोग गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार