अर्घाखाँचीको पाणिनिमा एमालेको पालिका स्तरीय प्रशिक्षण

नेकपा एमालेले आफ्नो वडा केन्द्रीत पार्टी निर्माण अभियान अन्तर्गत आज अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम पाणिनिको दुर्गाफाटमा सम्पन्न गरेको छ । गाउँपालिका कमिटी अध्यक्ष गुनाखर अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख बक्ताको रुपमा लुम्बिनी प्रदेश सचिवालय सदस्य राम्जी प्रसाद गिमिरे रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले एमालेलाई अहिले चौतर्फी घेरा बन्दी गर्न खोजिएको प्रती सचेत रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । देशमा मौलाउदै गएको अराजकताको नियन्त्रण जरुरी भएको भन्दै  गणतन्त्रबादी दलहरू एक ठाउँमा उभिनुपर्ने पनि बताउनु भएको छ ।

एमाले नेता घिमिरेले नेतृत्वदेखि देखि कार्यकर्ता सम्म सुदृढीकरण हुनुपर्ने भन्दै एमाले बलियो भए मात्र देशमा स्थिरता आउने दावि गर्नु भएको छ ।

कार्यक्रममा एमाले नेता  तथा प्रदेश कमिटी सदस्य कुटमदिन अलिले पाटी भित्रको एकता बलियो भएमात्र जनताको मन जित्न सकिने बताउदै पार्टी र सङ्गठन बलियो बनाउन प्रत्येक स्थानीय कमिटी देखि कार्यकर्ता  र उच्व नेतृत्वले आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।

एमाले जिल्ला कमिटी अर्घाखाँचीका सचिव तोज बहादुर रायमाझीले असल संस्कारको बिकास गर्न जरैदेखि सुधारको खाचो  रहेकोमा जोड दिनुभएको छ ।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी गौतमले समेत कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

एमाले जिल्ला कमिटि सदस्यहरु पार्वता सुनार, गोबिन्द के.सि. ,  सुनिता भट्टराई, नजिर मोहमद मिया, पाणिनी गाउँपालिका कमिटी उपाध्यक्ष माधव गौतम लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा एमालेका पालिका, वडा तथा टोलकमिटीका पदाधिकारी तथा सद्स्यहरुलाई प्रशिक्षण प्रदान गरिएको सो पाटिले जनाएको छ।

कार्यक्रमको संचालन पाणिनी गाउँपालिका कमिटी सचिव झविन सुनामले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश प्युठानी
लेखकको बारेमा

प्रकाश प्युठानी

प्युठानी पाणिनी न्युज डट कमका सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार