२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

भगवती माध्यामिक बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न । (तस्बिर सहित )

 लक्ष्मी खनाल ,
अर्घाखाँची ।
जिल्लाको भूमिकास्थान -९ स्थित श्री भगवती माध्यमिक बिधालय डेभामा बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न भएको छ ।

जेठ महिनाको १ गतेदेखि ७ गते सम्म समयावधि रहेको उक्त कार्यक्रमको उद्देश्य बिधालय जाने बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन र बिधालयका बालबालिका ,शिक्षक र समुदायलाई स्वास्थ्य प्रति जागरुक बनाउने र चेतना अभिवृद्धि गर्ने रहेको कुरा उक्त बिधालयकी नर्स सम्झना पोखरेलले बताउनु भयो ,
उहाँले कार्यक्रममा सन्तुलित आहार को महत्व अल्पपोषण (Junk Food) र यसको असर ,स्वास्थ्य ,सरसफाइ साथै किशोर किशोरीहरु हुने परिवर्तन संगै उनीहरुलाई आवश्यक पर्ने परामर्श र किशोरीहरुमा हुने महिनावारीको बेला अपनाउनु पर्ने सरसफाइ ,खानपिन र ध्यान दिनुपर्ने कुरामा प्रष्ट पार्नुभएको थियो ,
कार्यक्रममा बिधालयका बिद्यार्थी भाइबहिनीहरुले आ – आफ्नो सदन बाट रचनात्मक ढंगले सन्तुलित आहारको (Pie Chart )र (Pyramid) निर्माण (Junk Food)र त्यसका असरहरु ,किशोरावस्थामा हुने समस्या र समाधानका उपाए बारे लेखिएको (poster ) निर्माण गरि प्रस्तुतीकरण समेत गरेका थिए ,
कार्यक्रममा बिधालयका सम्पुर्ण शिक्षक र बिद्यार्थीहरुले सक्रिय र उल्लेखनीय रुपमा सहभागीता जनाउनु भएको थियोे बिधालयका सहायक प्रधानाध्यापक श्री पुनाराम भट्टराईको अध्यक्षता र बिधालय नर्स सम्झना पोखरेलको सन्चालनमा भएको कार्यक्रम हो ।
भूमिकास्थान नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र बिधालयको समन्वयमा सम्पन्न उक्त कार्यक्रम निकै उत्कृष्ट र सानदार रुपमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार