२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

वडा अध्यक्ष कप क्रीकेट प्रतियोगिता सम्पन्न

उपाधी साबिक अड्गुरी ७ लाई

पाणिनी गाउँपालिका वडा न. ७ मा वडा अध्यक्ष कप क्रीकेट प्रतियोगिता सम्म्पन्न भएको छ । प्रतियोगिताको उपाधी साबिक अड्गुरी ७ ले हात पारेको छ ।
पाणिनी गाउपालिका वडा न ७ अड्गुरी वडा कार्यालय को आर्थिक सहयोग र गणतान्त्रिक सृजनसिल युवा क्लबको आयोजनामा भञ्ज्याङ्को बुढाखोला खेलमैदानमा जेठ १६ गते देखि सुरु भएको वडा अध्यक्ष कप क्रीकेट आज सम्म्पन्न भएको हो।

अड्गुरीका साविकका ७ वटा वडाहरु खेलमा सहभागी भएका थिए । फाइनल खेल वडा न. ६ र ७ बिच भएको थियो ।  वडा न. ६ ले टस जितेर फिल्डिङ रोजेको थियो । बुढाखोला खेलमैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वडा न ७ ले निर्धारित १२ ओभरमा १०२ रन बनाएको थियो ।  १०३ को लक्ष्य पक्ष्याएको ६ न. वडाले अन्तिम ओभरमा सबै विकेट गुमाउँदै प्रतियोगितामा उपबिजेता बनेको छ।। त्यस्तै तृतीय स्थानका लागि साबिक वडा न. ५ र वडा न. ४  बिछ खेल भएको  थियो । तृतीय स्थानको लागि भएको खेलमा साबिक ५ ले जित हात पारेको छ ।  प्रतियोगितामा प्रथम हुने समुहले नगद २५ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्धितिय हुनेले १५ हजार सहित सिल्ड, मेडल र  प्रमाणपत्र र तृतीय हुनेले नगद १० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

समापन समारोह जिल्ला समन्वय सदस्य कमल प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी घिमिरेले स्थानिय स्तरमा खेलाडी उत्पादन गर्न यो प्रतियोगिताको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथि तथा वडा अध्यक्ष गुनाखर अधिकारीले बिगत देखीनै खेलाडीहरुलाइ प्रोत्साहन साथै खेलाडी उत्पादन गर्नका लागि वडाले  वडा कपका लागि बजेट बिनियोजन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता गर्नु भएको छ ।

समापन सत्रमा क्लबका सस्थापक अध्यक्ष सन्दिप पोख्रेलले शुभकामना मन्त्बय राख्नु भएको थियो । कार्यक्रम सुदिप श्रेष्ठको अध्यक्षता र क्लबका सचिव निर्मला पोख्रेलको सञ्चालनमा सम्पन्न  भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार