लक्ष्मी खनाल – अर्घाखाँची ।
भूमिकास्थान नगरपालिकाले आयोजना गरेको शैक्षिक उत्प्रेरणा कार्यक्रममा प्रशिक्षणको क्रममा त्रिभुवन विश्वबिधालयका प्राध्यापक डा . तारालाल श्रेष्ठले बालबालिकाको भविष्य निर्माण गर्नको लागि शिक्षकको एक्लो प्रयासबाट मात्रै सम्भव नभएकोले शिक्षक , बिधार्थी र अभिभावक संबै प्रतिबद्ध हुने कुरामा जोड़ दिए उनले भने “ शिक्षाको गुणस्तर वृद्धि , पाठ्यक्रमका अपेक्षित लक्ष्य प्राप्ति , र पुस्तकको किरो र पुस्तकीय ज्ञानमा मात्र सीमित नभएर बालबालिकाको ज्ञान , सीप , धारणा र व्यबहार परिवर्तनको साथै जेन्जि जेनेरेसन अहिलेको आवश्यकता रहेको बताए ।
भूमिकास्थान नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा भगवती माध्यमिक बिधालय भून पा -९, बिधालय देभी आधारभूत बिधालय भू ना पा -१० ,वराह आधारभूत बिधालय भू ना पा-१० ,सिद्दगुफा आधारभूत बिधालय भु न पा -९ ,देउराली आधारभूत बिधालय भू न पा -९ ,जन्मभूमि आधारभूत बिधालय भू न पा -९ ,पद्मावती आधारभूत बिधालय गरी ७वटा बिधालयका प्रधानाध्यापक शिक्षक,बिद्यार्थी, अभिभावक, बिधालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, र सरोकारवालाहरु को बाक्लो उपस्तिथि रहेको थियोे कार्यक्रम श्री भगवती माध्यमिक बिधालय भू न पा -९ डेभाका बिधालय व्यवस्थापन समितिका सदस्य टेक बहादुर रेश्मीको अध्यक्षता , भू न पा शिक्षा शाखा प्रमुख तुवलाल सापकोटाको प्रमुख आथित्यथा र भगवती मा. बि. का प्रधानाध्यापक कृष्ण खनालको स्वागत मन्तव्य र शिक्षक पवन बि कको संचालनमा भगवती मा बि मा सम्पन्न भएको थियो ।


