सामुदायिक बिद्यालयको नतिजाको आधारमा पाणिनी बन्यो जिल्लामै दोस्रो

सार्वजनिक बिद्यालयको नतिजाका आधारमा पाणिनि गाउँपालिका अर्घाखाँची जिल्लामै दोस्रो स्थान ल्याउन सफल भएको छ ।शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीको रिपोर्ट अनुसार कुल ६७.३१ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएको पाणिनी दोस्रो भएको हो ।

यता मालारानी गाउँपालिकामा ७२.६५ प्रतिशत विद्यार्थी उतिर्ण हुदा प्रथम बन्न सफल भएको छ ।

तेस्रो स्थानमा रहेको सन्धिखर्क नगरपालिकामा ६५.३० प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन । यस्तै चौथो बनेको भुमिकास्थानमा ५४.१९ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका हुन ।यता छत्रदेव गाउँपालिकाले ४९.२ प्रतिशत नतिजा ल्याउदा देसकै ठूलो नगरपालिका सितगङ्गामा ४०.२२ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन । उल्लेखित तथ्यांक सामुदायिक बिद्यालयले प्राप्त गरेको नतिजाको आधारमा तयार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार