२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

चालु आर्थिक वर्ष २०८१/८२ को समाप्तिसम्म पाणिनि गाउँपालिकाको ८७ प्रतिशत भन्दा बढी बजेट खर्च

चालु आर्थिक वर्ष २०८१/८२ को समाप्तिसम्म पाणिनि गाउँपालिकाले ८७ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको जनाएको छ। गाउँपालिकाका अनुसार चालु तथा पूँजीगत दुवै खाले बजेटमा सन्तोषजनक खर्च भएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु तर्फ ८७.१९ प्रतिशत र पूँजीगत तर्फ ८९.८३ प्रतिशत बजेट खर्च भएको छ। समग्रमा ८७. ८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको हो। गाउँपालिकाले ६६ करोड २३ लाख ९४ हजार रुपैयाको बजेट पेश गरेको थियो । जसमध्ये ९४.३८ प्रतिशत बजेट आर्थत ६२ करोड ५२ लाख ५ हजार ८२ रुपैया ८५ पैसा पालिकालाई आम्दानी भएको पालिकाको तथ्याङ्क छ ।

प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार चालु आर्थिक वर्षको सुरुवातमै योजनाको छनोट, सम्झौता र अनुगमन प्रणालीलाई सुदृढ पारिएकाले प्रगति राम्रो भएको हो । उनले भने, “पछिल्ला वर्षहरूसँग तुलना गर्दा यो वर्षको खर्चको गति राम्रो रह्यो। आगामी वर्षमा यो प्रगति अझै बढाउने योजनामा छौं।”

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीमूलक कार्यक्रमहरूमा प्राथमिकता दिँदै बजेट खर्च गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार