पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी भयो दुई विधामा प्रथम

अर्घाखाँची, पाणिनी ।
पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म सबैभन्दा धेरै योजना तथा कार्यक्रम सम्पन्न गर्ने तथा यस आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने  दुवै विधामा प्रथम स्थान प्राप्त गरेको छ।

पाणिनी गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनको अवसरमा प्रदान गरिएको प्रशंसा पत्र अनुसार, आठवटै वडामध्ये अडगुरी वडा नम्बर ७ ले उत्कृष्टता प्रदर्शन गर्दै प्रमुख दुई सूचकमा अग्रस्थान ओगट्न सफल भएको हो।

वडाले सबैभन्दा बढी योजनाहरू समयमै सम्पन्न गर्नुका साथै सर्वाधिक राजस्व सङ्कलन गरेको पाइन्छ। यो उपलब्धि हासिल गर्न वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानवासी नागरिकहरूको सक्रिय भूमिका रहेको वडा अध्यक्ष गुनाखर अधिकारीले बताउनुभयो।

उहाँले सम्पूर्ण अडगुरीबासी आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीहरूलाई धन्यवाद दिँदै, आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

गाउँपालिकाद्वारा सम्मानित वडालाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश प्युठानी
लेखकको बारेमा

प्रकाश प्युठानी

प्युठानी पाणिनी न्युज डट कमका सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार