२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

काङ्ग्रेस नेतृ क्षेत्री बीपी स्मृति दिवसमा सम्मानित

कमला घिमिरे / अर्घाखाँची । नेपाली कांग्रेस नेतृ तथा पूर्व लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्री पार्टीको तर्फबाट सम्मानित भएकी छन्। सोमबार काठमाडौंको सानेपास्थित बी.पी. स्मृति भवनमा आयोजित एक विशेष समारोहमा उनलाई नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका हुन्।

बीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा नेतृ क्षेत्रीलाई पार्टीको पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभागलाई पुस्तक सहयोग गरेको योगदानको कदरस्वरूप सम्मान गरिएको हो। सो विभागद्वारा हालै स्थापना गरिएको आधुनिक पुस्तकालयमा उनले महत्वपूर्ण पुस्तक सहयोग गरेकी थिइन्।

सम्मान ग्रहणपश्चात नेतृ क्षेत्रीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनिन्, “यो सम्मानलाई मैले सेवा, समर्पण र संगठनप्रतिको निरन्तर योगदानको प्रमाणका रूपमा लिएको छु। यसले आगामी दिनमा अझ उत्साहका साथ पार्टी, समाज र पुस्ताबीच ज्ञान र चेतनाको सेतु बाँध्ने प्रेरणा दिएको छ।”

उनले पार्टी सभापति देउवासहित विभाग संयोजक तथा केन्द्रीय सदस्य अजय सिवाकोटी लगायत सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेकी छिन!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार