२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

पाणिनि गाँउपालिकामा दिवा खाजा कार्यक्रम प्रभावकारि बन्दै

माधव बेलवासे माघ १४,अर्घाखााची
दिवा खाजा कार्यक्रम लागु भएपछि वालविकास देखि आधारभुत तह १ देखि कक्षा ५ सम्मका विद्यार्थी तजा अभिभावक हरु हर्षित बनेका छन । संघिय सरकारको कार्यक्रम अनुसार स्थानिय तहबाट कार्यान्वयन हुने गरि प्रति विद्यार्थी पन्ध्र रुपैयाका दरले दैनिक खाजा वापत विद्यालयलाई उपलब्ध गराइने पाणिनि गाँउपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले जानाकारि दिनुभएको छ ।

अधिकांश विद्याालयमा यो कार्यक्रम शुरु भैसकेको बताइएको छ । यद्यपी कोरोना माहामारिका कारण कतिपय विद्यालयमा भने यो ब्वस्थापन कठिन देखिएको छ ।
दिवा खाजा अन्तरगत कतिपय विद्यालयले अभिभावक सँग नै संझौता गरेका छन भने कतिपयले स्थानिय ब्यापारि सँग संझौता गरि विद्यालयले तयार गरेको खाजाको सुचि अनुसार खाजा उपलब्ध गराउने भएका छन ।

पाणिनि गाँउपालिकाका सामुदायिक विद्यालयमा पौष २६ गते बाट शुरु गरिएको दिवा खाजा कार्यक्रम प्रभावकारि भएपनि यसको ब्यवस्थापनमा चुनौति रहेको कतिपयको विष्लेषण रहेको छ । यसरि खाजाको ब्यवस्था भएपछि अभिभावक तथा विद्यार्थीहरु हर्षित भएका छन । सरोकारवालाहरुले पनि यसलाइ सकारात्मक रुपमा लिदै विद्यार्थीहरुको विद्यालय प्रतिको आकर्षण बढ्ने अनुमान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार