२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

साहित्य अनुरागि प्रकाश खनालको मर्म स्पर्षी मुक्तक

मीठो भ्रम बनेर यसरी खडा भयो जिन्दगी

खुशी जल भयो र चुहिने घडा भयो जिन्दगी

तिमी सुर्यझैँ थियौ झुल्किँदा भएथ्यो उषा भयौ

अस्त आज कालो निशा भयो जिन्दगी

न निस्केर जान सक्छु न भित्र सन्तुष्ट छु

भएँ भ्यागुतो म, रित्तो कुवा भयो जिन्दगी

हुँदा पनि मसामु इज्जत भएन नहुँदा पनि म

नांगो शरीर हुँ थोत्रो लुगा भयो जिन्दगी

पोलिथिन सोची जलायो म बेकेलाइट थिएँ

ऊ आगो थियो ऊ मार्फत कडा भयो जिन्दगी

कुनै अवरोधमा मान्छे अझै मजबुत भएको छ

नदीको जल जहाँ थुन्छन् त्यहीँ विद्युत् भएको छ

कसैको ढाडमा रोप्दा छुरा बिग्र्योु भनी पीडक स्वयं

राहत लिने पीडित बनी प्रस्तुत भएको छ

हुँदै शोषण हुँदा हुन्छन् ठुला विष्फोट आन्दोलन

थियो ऊ कोइला पिसियो र अब बारुत भएको छ

छ तिम्रो आडमा छानो निकै सुनिए कथा उसका

तिमी खाँबो बन्यौ तिम्रो कथा अनुश्रुत भएको छ

म अग्लो बन्नमा रोक्ने नियतले होचियो

आफै पृथक बन्दैछ दुश्मनको कला अद्भुत भएको छ

प्रकाश खनाल अर्घाखाँची।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार