नगर प्रमुख भुसाल कोरोनामुक्त

हरिप्रसाद भुसाल / माघ १२ अर्घाखाँची

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल कोरोनामुक्त हुनुभएको छ ।

कोरोना संक्रमणपछि घरमै उपचाररत रहनुभएका भुसालले आज सामाजिक सन्जाल मार्फत आफु कोरोना संक्रमणबाट मुक्त भएको जानकारी गराउनुभएको हो ।

नगरप्रमुख भुसाल सहित उहाँका छोरा शुभम भुसाल , छोरी तृप्ती भुसालको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

भुसालको स्टाटस जस्ताको तस्तै :

कोभिड १९ संक्रमणबाट आज छुटकारा पाएको छु । म सहित छोरा शुभम भुसाल , छोरी तृप्ती भुसाल सहित ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सक्रमणको समयमा देश विदेशबाट टेलिफोन, सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटेर स्वास्थ्य लाभको कामना गर्नु हुने सवै प्रति आभारी छु ।

Source : www.pahiloupdate.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार