माधव बेल्वासे, अर्घाखाँची, माघ १९
आर्थिक वर्ष ०७६ ०७७ मा धेरै संख्यामा विमा गराउन सफल भएको शाखालाई उत्कृष्ठ शाखाको रुपमा केन्द्रले सम्मान गरेको हो ।अर्घाखाँची शाखाले कम्पनीले दिएको लक्ष्यभन्दा बढी १४१ प्रतिशत विमा प्रिमियम उठाउन सफल भएको छ ।यो सम्मानका लागि योग्य बनाउन सहयोग गर्नुहुने सबैलाइ शाखा प्रमुख कृष्ण खनालले धन्यवाद ज्ञापन गर्नुभएको छ ।खनालकले फेसबुक मार्फत सार्वजनिक गर्नुभएको भनाइ
ज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखालाइ देशकै नमुना शाखा बनाउन सफल तपाइ एजेन्सी म्यानेजर ज्युहरु, सकृय अभिकर्ता साथीहरू , बिमितहरु र मलाइ हरपल साथ र सहयोग गर्न्नुहुने मेरा आफन्तहरु शुभ चिन्तकहरु साथिभाइहरु तपाइहरु प्रती हार्दिक आभार प्रकट गर्न चाहन्छु। तेतिकै मात्रामा मेरा स्टाप साथिहरु अहोरात्र खट्न्नुहुने तारा खनाल, कमल पान्डे , अम्बिका बेल्बासे तेसै गरि ब्क्ः कुसल भुसाल सर तपाइहरुको सकारात्मक सल्लाह र सुझाबले हामी आज देश कै नमुना शाखाको रुपमा आउन सफल भयका छौ । अझै अर्घाखाँची शाखालाइ थप उत्कृष्ट बनाउनको लागि हाम्रो काधमा थप जिम्मेवार थपियको छ। पुनस् एक पटक कम्पनिले गरेको मुल्यांकन प्रती हार्दिक आभार प्रकट गर्दछु । जय ज्योती लाइफ