अर्घाखाँची माघ २०
प्रेस नेपाल अर्घाखाँचीले मंगलबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री एवं जनता समाज पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी रहेको भन्दै उनले सडक आन्दोलन गर्नुको विकल्प नभएको जनाए । पत्रकार सम्मेलनमा भट्टराईले संसद् पुनस्स्थापना नहुने र वैशाखमा चुनाव नभए देश भयंकर द्वन्द्वमा जाने खतरा बताएका छन्। देशलाई द्वन्द्वबाट बचाउन कांग्रेससहित सबै दल मिलेर आन्दोलन गर्नु नै अहिलेको आवस्यकता भएको उनको ठम्माइ रहेको छ । वैशाखमा चुनाव हुने सम्भावना छैन, भन्दै देशमा संकटकाल लाग्ने, यही बहाना बनाएर वैदेशिक हस्तक्षेप बढ्ने हुन सक्नेतर्फ सचेत रहन आग्रह पनि गरेका छन् ।
आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपालसहितका नेतालाई भेटेर आन्दोलनमा जानुपर्ने बताएको पनि उनले जानकारी दिए । अहिलेको बेला संसद् पुर्नस्थापना गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
सडक आन्दोलन गर्नुको विकल्प छैन पूर्वप्रधानमन्त्री भट्टराई
तपाईको प्रतिक्रिया