२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

लेखापालन तथा सार्वजनिक खरिद सम्वन्धि ३ दिने तालिम शुरु

माधव बेलवासे २१, माघ अर्घाखाँची
माध्यमिक तहका प्रधानाध्यापक तथा लेखा हेर्ने विद्यालय सहायक हरुका लागि विद्यालय लेखापालन तथा सार्वजनिक खरिद सम्वन्धि ३ दिने तालिम आज बाट जिल्लाको सदरमुकाम स्थित शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीमा आज अर्थात बुधवारदेखि शुरु भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मानव स्रोत विकास केन्द्रको आयोजनामा संचालित तालिमको औचित्यबारे बताउदै समन्वय इकाइ प्रमुख मनिराम पराजुलिले तालिम पश्चात विद्यालयको खरिद तथा आर्थिक ब्यवस्थापन विधिमा परिवर्तन हुने अपेक्षा राख्दै तालिम सफलताको शुभकामना दिनुभएको थियो ।
तालिममा प्रशिक्षकहरु हरि प्रसाद डुम्रे , ठाकुर प्रसाद श्रेष्ठ तथा झबिन्द्र खनालले लेखा ब्यवस्थापन कसरि कुसलता पुर्वक राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार