प्रकश प्युठानि,अर्घाखाँची
पछिल्लो समय बैदेसिक पलायन बढिरहेका बेला स्वदेशमा केहि गर्नुपर्छ भन्ने सोच धेरैमा आएपनि सम्भावनाहरु नदेख्नु आम नेपालिहरुको मुख्य समस्या बन्दै आइरहेको छ। तर पनि केहि यस्ता युवाहरु छन जसले अर्काको देशमा बगाउने पसिना आफ्नै देशमा बगाउनु उत्तम ठान्ने गरेका छन ।
वैदेशिक रोजगार भन्दा स्वदेशमै आफ्नो सिप र श्रम बेच्ने अभियानमा लागेर सफलता प्राप्त गर्न सफल एक किसान हुन सन्धिखर्क नगरपालिका वडा न. ६ जगत निवासि गुणानिधी न्यौपाने । आफ्नै देशमा केहि गरेर उनले निर्भता मात्र हासिल गरेका छैनन , बिदेसिएका आम युवाहरुको गतिलो प्रेरणको श्रोत पनि बनेका छन ।केहि गर्नुपर्छ र सफलता मिल्छ भन्ने मान्यता राख्ने न्यौपाने किसान मात्र होइनन , बैदेसिक रोजगारिका लागि जाने सोच बनाइसकेका उनि त्यसतो सपना बदल्दै शिभमदन माबि सतिनेटामा कृषि अध्ययन गरि अध्यापन समेत गराउछन् । विद्यालयको समय भन्दा वाँकि रहेको खालि समयमा प्राप्त गरेको उनको यो खुशि बिदेशमा मिल्दैन भन्छन उनि ।
ठुला सपना बोकेर बिदेसिनेहरु खाडिको उच्व तापक्रममा सिप र श्रम खर्चिनु भन्दा आफै उद्यमी बनेर धेरै कमाउनु भन्दा सीप सिकाउन रमाउन आनन्द लाग्ने उनको मान्यता रहेको छ । एक जना युवा किसान जस्ले आफ्नो उत्पदन अर्घाखाँची जिल्लाको सुपादेउराली देखि सन्धिखर्क बजार सम्म बिक्रि बितरण गरेका छन् ,जसले उनको दैनिकि मात्र होइन सामाजिक मर्यादा र प्रतिष्ठामा समेत सकारात्मक सोचको विकास गराउन मद्यत मिलेको छ । बिगत १४ वर्ष देखि कृर्षि पेसामा लागेर अर्घाखाँचीको जगत लाइ कृर्षिमय बनाउनुको साथै अर्घाखाँची को सन्धिखर्क मा संचालित हाट बजार को सस्थापक अध्यक्ष समेत रहेका न्यौपानेलाइ सम्पुर्ण जिल्ला बासी ले युवा किसान भनेर चिन्ने गरेका छन । उनको यो सफलता र प्रेरणको कथा हामि सबैका लागि बिकल्पको मार्ग पो हून्छकि ?