३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

प्रचन्ड माधवका कारण पार्टी विभाजन : खड्का

गणेश खनाल
नेपाल कम्युनिस्ट पार्टी नेकपा (वलि समुह) छत्रदेव गाउँपालिका वाडनम्वर ८ को वडास्त्तरिय कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले फागुनबाट सुरू भएको प्रचण्ड,माधव नेपालको खेल पुस ५ गते आईपुग्दा उत्कर्षमा पुगेको बताउनुभयो ।
पुस ५ गते राष्टपतिलाई विशेष महाधिवेशनको आग्रह गर्न प्रचण्ड,माधव समुहका नेता गएपछि पार्टी प्रति गद्वारि गरेको आरोप लगाउनुभयो ।उहाले सिद्वान्त र विचारको कुनै विवाद नरहेको बताउदै पदलुप्त प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको बताउनुभएको थियो ।
शत्ति बाडफाडमा सधै प्रचन्ड,माधवलाई राजि बनाएर मात्र काम गर्ने प्रधानमन्त्री वलिलाई राष्ट्रिय हितमा काम गर्न नदिने खालि नियुक्ति,भागबन्डामा किचलो गर्ने उहाँहरूले कहिले जनताका सवालमा छलफल नगर्ने गरेको जिकिर गर्नुभयो ।
संसद विघटन बाध्यता भएको भन्दै सबोैच्च अदालतले गर्ने निर्णय पार्टीले मानेर जाने बताउदै संविधान सम्वत संसद विघटन भएकाले पुनःस्थापना हुनै नसक्ने दावि गर्नुभयो ।
प्रचण्ड सगँ संगत गरेका समकालीन नेता कसैले साथ नदिएको दावि गर्दै मोहन बैध,बाबुराम भट्टराई,नेत्र विक्रम चन्द्र,रामबहादुर थापा,टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु शाह,मणि थापा लगाएले उहाको साथ छोडेको बताउनुभयो ।


नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आर्चयले पार्टी एकतालाई गति दिनुको साटो पद र प्रतिष्ठाका लागि प्रचण्ड र माधव नेपाल लागेकाले नेकपा विभाजन हुन पुगेको बताउनुभयो ।
प्रधानमन्त्री वलिलाई काम गर्न पार्टी भित्रबाट अवरोध भएपनि राष्ट्रियता र नेपालको मुख्य विकास निर्माणमा हालसम्मकै उकृष्ठ काम भईरहेको दावि गर्नुभयो । छिमेकि देश भारतले गरेको नेपालको भुमिलाई नक्सामा समटेर निसास छाप प्रकासन गरेको स्मरण गराउदै राष्ट्रियता,देशप्रेमलाई सधै उच्चु राख्न सफल भएको जिकिर गर्नुभयो ।
भारतको डिजाईजमा राष्ट्रपतिलाई महाअभियोग,प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव चोरबाटो गई छलछामको राजनीति गरी भारतको एजेन्टको रूपमा काम गरिरहेको आरोप लगाउनुभयो ।
नेता आर्चायले अर्घाखाँचीमा मुल नेतृत्व एकै ठाउँमा रहेको भन्दै जिल्लाभर कार्यकतामा पनि उत्साह रहेको बताउनुभयो । जिल्लाको विकासमा उल्लेखनीय योजना ल्याउन सफल भएको भन्दै सडक स्त्तर उन्नति र खानेपानी पहुच लगभग यश वर्षदेखि समाधान हुने बताउनुभयो ।
कार्यक्रम नेकपा केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्रि ,जिल्ला कार्यलय सदस्य पिताम्वर भुसाल, नेकपा १ नम्वर क्षेत्रिय कमिटी अध्यक्ष प्रकाश ज्ञवालि,छत्रदेव गाउँपालिका सहइन्चार्ज माधव पन्थि,मालारानी गाउँपालिका अध्यक्ष सालिकराम आर्चाय,प्रेस सगठन केन्द्रीय सदस्य गणेश खनाल लगाएयतको उपस्थिति रहेको िथयो ।
वाडनम्वर ८ का वाड अध्यक्ष डोडराज फ्युलेजको अध्यक्षता,लकबहादुर शाहको स्वागत मन्तव्य र भेषराज फ्युलेजको सञ्चालन कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार