शिवराज बेल्वासे , अर्घाखाँची
पाणिनि गाँउपालिकाको वडा न. ४ पटौटिमा रहेको द्यौराली माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४३ औ वार्षिकोत्सव एक भब्य कार्यक्रमको आयोजना गरेर मनाएको छ । विभिन्न उतार चडावका विच पुर्वी अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा स्थापित विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
विद्यालय ब्यस्थापन समितिका अध्यक्ष घनश्याम घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अथिती पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम रहनु भएको थियो । कार्यक्रममा बिशिस्ट अथिती गाँउपालिका उपाध्यक्ष लक्ष्मी गौतम , शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल रहनुभएको थियो ।
शिक्षक युबराज पान्डेले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टोमलाल घिमिरेले विद्यालयको वार्षिक शैक्षिक प्रगति विवरण पेश गर्नुभएको थियो
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुमा शिक्षक मथुरा ढकाल , सिद्ध मा बिका शिक्षक सुदिप तिवारी स्थानिय बुद्धिजिवि श्यामनाथ कास्यप , अक्षयकोस दाता नारायणहरि घिमिरे ,पुर्व बि ब्य स अध्यक्ष दुर्गा प्रसाद अधिकारी ,नेकपाका हरिप्रसाद घिमिरे लगायत रहनुभएको थियो । कार्यक्रममा बिध्यार्थीहरु मुना घिमिरे र किसन गाहाले समेत आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा पुरस्कार बितरण, अक्षयकोस छात्राबृती तथा चन्दादाता तथा पुर्व शिक्षक समेत सम्मानित हुनुभएको थियो । कार्यक्रमका वक्तहरुले शिक्षाको विकासका लागि सधैव लाग्न शिक्षक तथा विधार्थी तथा अभिभावकहरुलाइ आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना ब्याक्त गरेका थिए । कार्यक्रमको संचालन शिक्षक लक्ष्मण गौतमले गर्नुभएको थियो ।