सिमराका निमित्त मालपोत प्रमुख ६ लाख घुस सहित पक्राउ

बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा पुुगेका हुन् ।जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो ।

उनीहरुलार्ई अमलेखगञ्जस्थित एक होटलबाट घुस रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । अहिले अख्तियारको टोलीले मुचुल्का बनाउने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार