२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

महिला किसानहरुको साझा परिवार साना किसान नरपानिको प्रशंसनिय प्रयास

माधव बेल्वासे ,अर्घाखाँची :पाणिनि न्युज डट कम

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाको नरपानिमा रहेको साना किसान कृर्षि सहकारि संस्था लिमिटेडको  कार्यालयले महिला मैत्रि भएर जिल्लाका साविकका नरपानि गा.बि.स. तथा अड्गुरि गा.बि.स. भित्र रहेका महिलाहरुलाई उद्यमशिल बनाउन अभिभावकत्व ग्रहण गरेको छ । सहकारिमा आवद्ध महिलाहरुको प्रतिक्रियाले संस्था महिला मैत्रि तथा किसान मैत्रि रहेको पुष्टि गरेको छ ।
न्युनतम ब्याजदरमा ऋण प्रवाह गर्दै शेयर सदस्यहरुलाई सहकारि शिक्षा तथा वित्तिय साक्षरता तालिमको माध्यमबाट महिला शशक्तिकरणका लागि अहम भुमिका निर्वाह गरेको यस संस्थाले शेयर सदस्यहरुलाई बेमौसमि तरकारिका बिउ बिजन वार्षिक रुपमा निशुल्क वितरण गर्दै आएको संस्थाका प्रवन्धक सरस्वति न्यौपानेले बताउनुभएको छ ।
पाणिनि न्युज सँगको कुराकानिमा संस्थाका संचालक समितिका अध्यक्ष कृष्ण बहादुर अधिकारिले महिलाहरुलाइ आत्मनिर्भर बनाउनका लागि नयाँ नया योजना र कार्यक्रमका लागि हर सम्भव कोशिश गरिरहेको बताउनुभएको छ, उहाँले अरु वित्तिय संस्था र यस संथाका विचमा तुलना गर्दै सहभागिताको निर्णय लिन आम महिलाहरुलाइ अनुरोध गर्नुभएको छ । बिभिन्न २ सय ८१ समुह मार्फत १८ सय ५६ शेयर सदस्य रहेको संथामा १ सय ९९ पुरुष र १६ सय ५७ महिला सदस्य रहेका छन् । अहिले पुरुष सदस्य थप्ने ब्यवस्था नभएको यस संस्थामा प्रारम्भिक अवस्थामा भने महिला अथवा पुरुष दुबैले सदस्यता लिन सक्ने प्रावधान रहेको प्रवन्धक न्यौपानेले जानाकारि दिनुभएको छ ।
शेयर सदस्यलाई ऋण जोखिम कम गर्न ऋण बिमाको समेत ब्यवस्था गरेको छ । शेयर सदस्य सुरक्षण योजना मार्फत शेयरधनिको मृत्यु पश्चात ५० हजार भुत्तानिको समेत ब्यस्था रहेको छ । महिला सदस्य सुत्केरि हुँदा पहिलो सन्तानको हकमा सुत्केरि स्याहारका निम्ति नगद १५ सय नगद प्रोत्साहन तथा किसानहरुका लागि बाख्राको खोर तथा भकारो सुधारका निम्ति कर्मागत रुपमा अनुदानका कार्यक्रम संचालन गर्दै आइरहेको जानाकारि संस्थाका सहायक प्रवन्धक कृष्ण बहादुर विष्टले बताउनुभएको छ । शेयर सदस्यको एकाघर भित्रका +२ उत्तीर्ण सदस्यलाई कृर्षि तालिमका लागि छनोट गरेर पठाउदै आएको यस संस्थाले पशुबिमा मार्फत पशु जोखिम न्युनिरणमा समेत उल्लेख्य भुमिका निर्वाह गरेको पशु स्वास्थ्य कार्यकर्ता मान बहादुर थापाले जानाकारि दिनुभएको छ ।
कम्प्युटर अपरेटर प्रकाश महत्राले पाणिनि न्युजलाई दिनुभएको जानाकारि अनुसार अहिले संथाले १९ करोड  ऋण लगानि गर्दा शेयर पुजि ९२ लाख ३१ हजार पुर्याएको छ । शेयर सदस्यहरुको निक्षेप तर्फ १२ करोड ७३ लाख पुजि रहेको छ ।
संथाले गत श्रावण १ गते देखि पौष मसान्त सम्ममा ८३ लाख ५ हजार २ सय ४६ रुपैया नाफा गर्न सफल भएको छ । शेयर धनिलाइ १८ प्रतिशत बोनस बितरण गर्दा संस्थाले लिने ब्याजदर भने न्युनतम ९ प्रतिशत देखि अधिकतम १३ प्रतिशत मात्र रहेको छ ।
संचालक समितिका सदस्य श्रीधर महत्राले महिला उद्यमिहरुका लागि सानाकिसान किसानहरुको साथि भएको बताउनुभएको छ । शेयर सदस्य महिलाहरुले पनि आफुहरुलाई सानाकिसान मार्फत प्राप्त सुबिधाले उर्जाशिल बनाएको प्रतिक्रिया दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार