२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

श्री स्वस्थानी व्रतकथा आज समापन हुदै

माधव बेल्वासे / पाणिनि न्युज डटकम
हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथा आज समापन हुँदैछ ।

पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो ।
आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि घरको पुजाकोठामा सुरक्षीत राख्ने गरिन्छ ।

एक महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा आजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास गरेर श्रीस्वस्थानीको ब्रत बस्ने चलन रहि आएको छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाह मुताविक निराहार रही स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने परम्परा अहिले पनि कायमै छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ । जुन हाम्रो समाजमा आज पनि धार्मिक मान्यता र परम्पराको रुपमा हिन्दु धर्मालम्बिहरुले निरन्तरता दिदै सनातन सभ्यता र धार्मिक सहिष्शुणता सहित आध्यत्मिका जोगाइराखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार