माधव बेल्वासे /पाणिनि न्युज डटकम
कोहलपुर उद्योग वाणिज्य सँघको निर्वाचन प्रचार प्रसार अन्तिम चरणमा पुगेका बेला साझा समाबेसि ब्यवसायी प्यानलका उमेद्धवारहरुले आफ्नो जीत सुनिश्चित भएको बताएका छन्। निकै प्रतिस्प्रधा हुने मानिएपनि सो प्यानलका पदाधिकारिहरुले आफु चुनाब जित्नेमा ढुक्क भएको बताएका हुन । सो प्यानलका एक जना सदस्य पदका उमेद्धवार बेदराज घिमिरेले पाणिनि न्युजसँग कुरा गर्दै आफुहरुले सम्पुर्ण ब्यवसायीहरुको मुद्धा उठान गरेको र आम ब्यवसायीहरुको मन र विश्वास जितेको बताएका छन् । आफुहरुले चुनाव जित्ने बलियो आधार भनेको नै ब्यवसायीहरुको साथ र सहयोग अनि हामिले अघि सारेका एजेण्डा नै हुन । उनका अनुसार आफ्नो प्यानल नै निर्वाचनको प्रतिक्षामा रहेको छ । फाल्गुण २२ गते हुने निर्वाचनका लागि प्रचार प्रसार तिब्र भैरहदा विभिन्न अड्कलबाजी शुरु भएका छन् ।
यता हाम्रो गैरे सप्लायर्स संचालन गर्दै आएका एकजना ब्यावसायी प्रकास गैरेका अनुसार उहाँहरुले अघि सारेका योजनाहरु ब्यावसायीमुखि भएको र यस क्षेत्रमै सफल ब्यावसायीको रुपमा स्थापित ब्याक्तीहरुको समुह भएकाले आफुहरु पनि समाबेसि प्यानलको जित निश्चित जस्तै भएको अनुमान गरिएको बताएका छन। कोहलपुरका ब्यावसायीहरुलाई चुनावि सरगर्मी बढिरहेका बेला मतदाता ब्यावसायीहरु पनि आफ्नो मत निश्चित गर्ने तर्फ लागिरहेका छन् । सो चुनावका लागि करिब ३ हजार ५ सय ब्यावसायीले मतदान गर्ने बताइएको छ ।