३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अड्गुरी स्वास्थ्य चौकीमा कोभिड १९ विरुद्ध प्रयोग हुने खोप अभियान:अभिमुखिकरण तथा अन्तरक्रिया

माधव बेल्वासे / पाणिनि न्युज
अड्गुरी स्वास्थ्य चौकीमा कोभिड १९ विरुद्ध प्रयोग हुने खोप अभियानका लागि महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई अभिमुखिकरण गोष्ठीमा कोभिड १९ भाइरसको परिचय ,रोग सर्ने माध्यम ,बच्ने उपाय,यो खोप लगाउन हुने नहुने अवस्था,अभियान संचालनको कार्यप्रक्रिया बारे जानकारी गर्नुको साथै आआफ्नो टोलमा रहेका ६५ बर्ष माथिमा जेष्ठ नागरिक हरुलाई खबर तथा प्रचार प्रसार गर्ने प्रतिबद्धता गर्दै कार्यक्रम सम्पन्न गरियो।

यस्तै फागुन २१ गते अड्गुरी स्वास्थ्य चौकीमा कोभिड १९ विरुद्ध प्रयोग हुने खोप अभियानका लागि वडा स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम कार्यपालिका सदस्य श्री टोपकली कब्दारको अध्यक्षतामा बसि सम्पन्न गरिएको छ ।जसमा कार्यक्रम संचालन स्वास्थ्य चौकी प्रमुख श्री पुनाराम भुसाल,स्वागत मन्तव्य सि. अ. न. मि. बिष्णु घिमिरेले गर्नुभएको थियो, सि.अ.हे.व. दिपक घिमिरेले कार्यक्रमको उदेश्यको बारेमा बताउनु भएको थियो साथै कार्यक्रम प्रशिक्षण पुनाराम भुसालबाट भएको हो।सो कार्यक्रममा कोभिड १९को बारेमा जानकारी,कोभिड १९ विरुद्ध प्रयोग हुने खोपको बारेमा संक्षित्त रुपमा जानकारी,कोभिड १९विरुद्धको खोप अभियान संचालनको रणनीति र कार्यप्रकृयाबारे जानकारी र अभियान प्रभावकारी रुपले संचालन गर्नमा खोप समन्वय समितिको भुमिका बारे जानकारी गराइएको थियो ।कोभिडशिल्ड भ्याक्सिन कम मात्रामा आएकोले साबिक नजिकका साविकका २ वटा वडा ६ र ७ का ६५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई यहि फागुन २३ गते लगाउने र आवस्यक भ्याक्सिन उपलब्धतापछि प्राथमिकता न. २ अन्तर्गत पर्ने सम्पुर्णमा खोप दिने निर्णय गरिएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार