माधव बेल्वासे / पाणिनि न्युज डटकम
हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसर पारेर अर्घाखाँचीको पाणिनि गाउँपालिकाको दुर्गाफाटमा भोलि अर्थात बिहिवार हुने चौथो पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सवको सम्पुर्ण तयारि पुरा भएको छ । समाजका अध्यक्ष झबिन सुनामले कार्यक्रमको तयारि पुरा भएको जानाकारि पाणिन न्युज डटकमलाइ गराएका छन। महोत्सवमा बहुचर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी , गाइका सुनितामी परियार ,हास्य कलकार माइला बा, डेउडा गायक नवीन आर.सि. ,तिलक बेल्बासे , रुक्मिणा घिमिरे लगायत स्थानीय कलकारहरुको प्रस्तुति रहने आयोजकले जानाकारि दिएको छ । आयोजक समितिका सदस्य रोमाकान्त भट्टराईले दिएको जानाकारि अनुसार कार्यक्रम स्थल निर्माण तथा प्रचार प्रसारको काम पनि अन्तिम चरणमा पुगेको छ । पाणिनि पर्यटन समाजको आयोजनामा हुने महोत्सवको सह आयोजक पाणिनि गाँउपालिका रहने छ ।