माधव बेल्वासे / पाणिनि न्युज डट कम
पाणिनि गाँउपालिका अर्घाखाँचीको आयोजनामा र स्पोर्ट्स एकेडेमि पाणिनि गाँउपालिकाको सहआयोजनामा राष्ट्का लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ दोस्रो वडा स्तरिय भलिवल प्रतियोगिता शुक्रबारबाट दुर्गाफाटमा शुरु भएको छ । खेलाडिको सम्मान र खेल क्षेत्रको बिकासका लागि गत वर्ष बाट शूरु गरिएकोप्रतियोगितालाई निरन्तरता दिइएको हो ।
पाणिनि स्पोर्ट्स एकेडेमिका अध्यक्ष भरत बहादुर पुनले खेलाडिको खेल बिकास र उनिहरुको सम्भावना खोज्नेगरि गाँपालिका सँग समन्वय गरेर खेलाडि उत्पादनमा एकेडेमिले भुमिका निर्वाह गर्ने बताएका छन । खेल अवधिभर खेल संचालनको उद्य्घोषण एकेडेमिका सचिव लक्ष्मण गौतमले गर्ने गरि कार्यक्रम तय भएको छ ।
शुक्रबार भएको उद्यघाटन खेलमा साविक बिजेता पाणिनि गाँउपालिका वडा न. १ पणेनाले पाणिनि गाँउपालिका वडा न. ७ अड्गुरीलाई २ – ० को सोझो सेटमा पराजित गर्दै जितको शुरुवात गरेको छ ।
यस्तै शुक्रबार नै भएको अर्को खेलमा वडा न. ४ पटौटिले वडा न. ३ खिदिमलाई पनि २ – ० को सोझो सेटमै पराजित गर्दै जितको शुरुवात गरेको छ । समुह चरणमा लिगका आधारमा खेलाइने खेलको नतिजा आफ्नो पक्षमा पार्न खेलाडीहरुको निकै प्रतिस्प्रधा हुने अनुमान गरिएको छ । यस अघि पालिकाका प्रशासनिक तर्फका र प्राविधिक कर्मचारिविच भएको मैत्रिपुर्ण खेल १ / १ को बरावरिमा सकिएको थियो ।