२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

दोस्रो वडा स्तरिय भलिवल प्रतियोगितामा सेमिफाइनल जाने तिन समुहको टुंगो

माधव बेल्वासे / पाणिनि न्युज डट.कम.
पाणिनि गाँउपालिका अर्घाखाँचीको आयोजनामा र स्पोर्ट्स एकेडेमि पाणिनि गाँउपालिकाको सहआयोजनामा राष्ट्का लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ शुक्रबारबाट दुर्गाफाटमा शुरु भएको दोस्रो वडा स्तरिय भलिवल प्रतियोगितामा सेमिफाइनल जाने तिन समुहको टुंगो लागेको छ । जस अनुसार समुह क बाट सेमिफाइनल पणेना र अड्गुरी पुगेका छन भने समुह ख बाट पटौटिले सेमिफाइनलको यात्रा निश्चित गरेको छ । यस्तै बाँकि एक समुहको निधो भोलि आइतबार हुने पोखराथोक र खिदिमको खेलले गर्ने भएको छ । यी दुई मध्य जिेता टिमले सेमिफाइनल खेल्दा पराजित समुह खेलबाट बाहिरिने छ । यस अघि मैदान , पालि र धातिवांग समुह चरणबाटै बाहिरिएका छन् । सेमिफाइनल र फाइनलका खेलहरु पनि आईतबार नै र खेलको समापन तथा पुरस्कार वितरण पनि भोलिनै गरिने पाणिनि स्पोर्ट्स एकेडेमिका सचिव लक्ष्मण गौतमले जानाकारि दिनुभएको छ । खेलमा प्रथम हुने समुहले नगद ५० हजार सहित मेडल , कप र प्रमाणपत्र द्धितियले नगद ४० हजार मेडल र प्रमाणपत्र साथै तृतिय समुहले नगद २८ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार