३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

दोस्रो वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि पणेनालाई

माधव बेल्वासे , शिवराज बेल्वासे / पाणिनि न्युज डट कम
पाणिनि गाँउपालिकाको आयोजना र पाणिनि स्पोर्टस एकेडेमिको सहआयोजनामा अर्घाखाँचीको दुर्गाफाटमा संचालित दोस्रो वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि वडा न. १ पणेनाले हात पारेको छ । सुपर ५ मा गराइएको प्रतिस्प्रधामा वडा न. ४ पटौटीलाई ३ / २ को सेटमा पछि पार्दै कठिन जित दर्ता गरेर पणेना लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । जित सँगै पणेनाले नगद ५० हजार हात पारेको छ ।

उपविजेता बनेको पटौटिले नगद ४० हजारमा चित्त बुझाउँदा तेस्रो स्थानको पोखराथोकले नगद २८ हजार आफ्नो भागमा सुरक्षित गरेको छ ।

यस अघि पटौटिले अड्गुरीलाई र पणेनाले पोखराथोकलाई हराउँदै फाइनल यात्राका लागि भिडन्ट पक्का गरेका थिए ।
आजै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरु पनि सम्मानित भएका छन् । जस अन्तरगत बेष्ट प्यलेयर पटौटिका नारायण थापा , वेष्ट स्पाइकर पटौटिकै उम बहादुर क्षेत्री , वेष्ट ब्लकर भानुप्रताप गौतम पाणिनि १ , उत्कृष्ट डिफेन्डर भरत बहादुर पुन पाणिनि ३ , उत्कृष्ट सेटर झमान राष्कोटि पाणिनि २ ले आफ्नो नाममा दर्ता गराएका छन ।
यस्तै २० जना पालिका स्तरका उत्कृष्ट खेलाडि र टिम कोच भरत बहादुर पुन छनोट भएका छन् । टिम म्यानेजरको जिम्वेवारी लक्ष्मण गौतमले पाँउदा , रेफ्री निम बहादुर राष्कोटिलाई चयन गरिएको छ । पाणिनि गाँउपालिका भलिवल टिम अफिसियलको जिम्वेवारि युवा , शिक्षा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खनालले पाउनुभएको अफिसियल टिमका सदस्य निलकण्ठ बेल्वासेले जानाकारि गराउनु भएको छ । फाल्गुण २८ गते बाट शुरु भएको प्रतियोगिताको समापन आज चैत्र १ गते भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार