सन्धिखर्क :पाणिनि न्युज डट.कम. / सम्वाददाता
अर्घाखाँची जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्डमा लुम्विनी प्रदेशमै प्रथम स्थान प्राप्त गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५ प्रतिशत नतिजा सहित पहिलो भएको हो । यस्तै नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेको छ । प्रदेश सरकार लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयबाट कुल ९ सय ३९ पुर्णाकं रहेको मुल्यांकनमा विभिन्न विषयमा गरी ७५ प्रतिशत अंक सहित अर्घाखाँची अस्पताल प्रथम भएको हो । यस्तै देशभरका ३२ वटा अस्पतालहरूमध्ये तेस्रो नम्बरमा परेको एम.एस.एस. रिसर्च प्रसन तथा तम्घास अस्पताल गुल्मीका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले जानकारी दिनुभयो । शुक्रबार अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड ९ एम.एस.एस. मुल्यांकन तथा समिक्षा कार्यक्रममा मुल्यांकनको नतिजा सार्बजनिक गर्दे पाच्याले यस्तो जानकारी गराउनु भएको थियो ।
३२ वर्ष अघि जिल्ला सदरमुकाम सन्धिखर्कमा संचालनमा आएको अस्पतालमा आइसियू सेवाका लागि ४३ लाखमा निर्माण कार्य शुरु भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले जानकारी दिनु भएको छ । अस्पताल सुविधा सम्पन्न हुन लागेको भन्दै सेवाग्राहिहरु पनि खुशि भएका छन् । हाल अस्पतालमा दन्त सेवा , नाक,कान ,घाँटी रोग उपचार, ईमर्जेन्सी सेवा तथा ओपिडि सेवा साथै चौबीसै घन्टा ल्याब , भिडियो एक्सरे सेवा उपलब्ध छन् ।