१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

पाणिनि स्पोर्ट्स एकेडेमि पाणिनि गाँउपालिकाको १५ औ बैठकसम्पन्न

शिवराज बेल्वासे / माधव बेल्वासे / पाणिनि न्युज डट कम
पाणिनि स्पोर्ट्स एकेडेमि पाणिनि गाँउपालिका अर्घाखाँचीले १५ औ बैठक गाँउपालिकाको ऐतिहासिक धार्मिक स्थल पाणिनि तपोभुमि दहमा बिभिन्न महत्वपुर्ण निर्णयहरु गर्दैै सम्पन्न गरेको छ ।
बैठकमा गाँउपालिकाको आयोजना तथा पाणिनि स्पोर्ट्स एकेडेमिको सह – आयोजनामा गत फाल्गुण २८ देखि चैत्र १ गते सम्म सम्पन्न दोस्रो वडा स्तरिय भलिवल प्रतियोगिताको समिक्षा गरेको छ । साथै बैठकले प्रतियोगिता संचालनका दौरान विभिन्न क्षेत्रबाट प्राप्त सहयोगका लागि संवद्ध सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।


खेल क्षेत्रको समग्र विकाशका लागि पाणिनि स्पोर्ट्स एकेडेमि, पाणिनि गाँउपालिकामा रहेको एकमात्र संस्थागत समुह पनि हो । यसले स्थानिय स्तरवाटै जिल्ला र राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्ने साथै पाणिनि गाँउपालिका र जिल्लाकै खेलविकासको माध्यमबाट खेलपर्यटनलाई समेत बिकास गर्ने योजना राखेको छ । जसका लागि विद्यालय स्तरबाटै खेलप्रेम र खेलाडि उत्पादन गर्न लागि पर्ने निर्णय समेत भएको बैठक पछि एकेडेमिका सचिव लक्ष्मण गौतमले पाणिनि न्युजलाई जानाकारि गराउनु भएको छ ।
“हातेमालो सँगसँगै” भन्ने मुख्य नारा बोकेर एकेडेमिलाई बिस्तार गर्दै लैजानका लागि सदस्यता बिस्तार गर्दै लैजाने निर्णय गर्दै सदस्यता बितरण खुल्ला गरिएको समेत एकेडेमिका सह सचिव मान बहादुर शुर्यवंसिले पाणिनि न्युजलाई जानाकारि गराउनु भएको छ ।
यो निर्णय सँगै संस्थाको विधान बमोजिम ईच्छुक ब्यात्तिले साधारण,बिशिष्ट,आजिवन र मानार्थ सदस्यता लिन बाटो खुल्ला भएको छ । एकेडेमिका अध्यक्ष भरत बहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव लक्ष्मण गौतमले गर्नुभएको सदस्य हुमनाथ घिमिरेले पाणिनि न्युजलाई जानाकारि गराउनु भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार