माधव बेल्वासे , अर्घाखाँची
पाणिनी गाउँपालिका वडा न. ७,अड्गुरी अर्घाखाँचीको स्वास्थ्य चौकीमा चैत्र ९ र १० गते दुई दिन महिला स्वास्थ्य स्वयंसेविकाहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षक तथा स्वास्थ्य चौकी प्रमुख पुनाराम भुसाल,सह प्रशिक्षक बिष्णु घिमिरे र दिपक घिमिरेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो।सो कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको वडा रजिस्ट्रारमा भएका सुचाङ्कहरुको बारेमा छलफल तथा अध्यावघिक गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफ्नो काममा दक्षता अभिवृद्धि गर्नका लागि वडा रजिस्ट्ररमा रेकर्डिङ कसरी चुस्त दुरुस्त कसरी राख्ने भन्ने बारेमा छलफल गरिएको थियो ।
साथै कोषको बिषयमा छलफल गरिएको थियो ।
यस्तै कार्यक्रममा स्वास्थ्यका ८ वटा सुचाङ्कको आधारमा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका गिता महत्रा साविक वडा न. ८ दुबिचौरबाट छनौट हुनुभएको छ।