३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

गायक तथा सर्जक कुशल बेल्वासेको हातैका पौजालेको अपार सफलता पछि चर्चित सन्देश मुलक गित सनिसार बजारमा

माधव बेल्वासे / पाणिनि न्युज डट कम

राष्ट्रिय रुपमा ख्याति कमाई सकेका सुमधुर स्वरका धनि गायक कुशल बेल्वासेको अति नै चर्चित लोक दोहोरि गिति एल्वम हातैका पौजाले बजार तताईरहेकै बेला अर्को चर्चित भाका सनिसार सार्वजनिक भएको छ । यु ट्युब च्यानल मार्पत बजारमा बिहिवार मात्रै सार्वजनिक गरिएको उक्त गिति एल्वममा कुशल बेल्वासे र पुर्णकला बि. सि. को स्वरमा सजिएको लोक दोहोरि गित नेपालि लोक दाहोरि क्षेत्रमा नयाँ शैलिमा प्रस्तुत गरिएको छ ।

समाजमा विद्यमान जातिय विभेदको खरो ढंगले प्रतिवाद गर्दै जातकै कारण हुने बहिष्करणको विषयलाई गितका शब्दमा ढालेर अतिनै मार्मिक ढंगले शब्द चित्रमा समेत उतारिएको छ । नेपालि आम युवा युवतिको प्रेम कथा र जातिय बिभेदका कारण हुने बिछोडलाई लक्षीत गरि बनाइएको भिडियो धेरे दर्शकको मन छुने विश्वाश गायक बेल्वासेले गरेका छन् । कैयौ रात नसुतेरै लेखिेको यो गित बाट सर्जक बेल्वासेले ठुलो दर्शकको साथको अपेक्षा गरेका छन् । अर्घाखाचीको पाणिनिमा जन्मिएका सर्जक बेल्वासे धेरै लोकगित प्रेमिको मनमा बस्न सफल भैसकेका छन् । जिवन भोगाइलाई पनि गितका शब्दले छोएको ठान्ने उनको यस गिति एल्वमलाइ शिशिर पौडेलको आधिकारिक यु ट्युब च्यानल मार्पत सार्वजनिक गरिएको छ ।

गितको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

पुराना र नेपाली बोलिचालिका शब्दहरुलाई उत्तकृष्ट तरिकाबाट संयोजन गरि कोरिएको यस सिर्जनामा शब्द तथा लय गायक बेल्वासे आफैले गरेका छन् भने गितमा लय तथा शब्द सिर्जना उनै गायक कुशलले आफै गरेका छन् ।

शिशिर पौडेल र सारिका केसीले अभिनय गरेको यस गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ । यस्तै नवराज उप्रेतीको छायांकन, विष्णु शर्माको सम्पादनमा गित तयार भएको हो । सर्जक बेल्वासेलाई हाम्रो पनि सफलताको शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार