माधव बेल्वासे पाणिनि न्युज डट.कम.
पाणिनि गाँउपालिका वडा नम्वर ८ पाली अर्घाखाँचीमा यतिबेला भिषण आगलागि भैरहेको छ ।
पालिको कोल्लाणि पाँखा सामुदायिक बन र जनकल्याण सामुदायिक बन बरपोख्रामा लागेको आगो मानव वस्तिमा पुग्ने खतरा बढेको छ ।
आगो नियन्त्रणको प्रयास भैरहेको स्थानिय प्रहरी चौकि पालीका असइ गन्ज बहादुर घमले पाणिनि न्युजलाई बताउनुभएको छ । वडा न. ८ का वडाध्यक्ष मिनराज आत्रेयले साविक वडा न. ५र ६ को कमला मा.वि. तथा कोट आसपासको वस्ति जोखिममा परेको बताउनुभएको छ । साथै सहयोगका निम्ति अपिल समेत गर्नुभएको छ। यस्तै वडा न. ७ का वडाध्यक्ष गुनाखर अधिकारि पनि सो क्षेत्रमा जानुभएको छ आगो नियन्त्रण गर्न नसके क्षति ठुलो हुन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको दिउसोबाट फैलिएको आगो नियन्त्रणका लागि स्थानिय , इलाका प्रहरि चौकि पालि, तथा सदरमुकाम सन्धिखर्कबाट आएको शशस्त्रको टिम परिचालित भएपनि आगो झै नियन्त्रणमा आउन सकेको छैन ।
सन्धिखर्कबाट दमकल बोलाइएको अध्यक्ष आत्रेयले पाणिनि न्युजलाई जानाकारि गराउनुभएको यद्यपी यो समाचार तयार पार्दासम्म आगोलागेको स्थानमा दमकल आइपुगेको छैन ।
आगलागिको कारण अहिलेसम्म खुल्न नसकेपनि गाई गोरु हेर्नेहरुले लगाएको हुन सक्ने अनुमान गरिएको छ तर त्यसको पुष्टि भएको छैन ।