माधव बेल्वासे /पाणिनि न्युज डट.कम.
पाणिनि गाँउपालिका वडा नम्वर ८ पाली अर्घाखाँचीमा लागेको आगो नियन्त्रणमा आएको छ । पुर्णरुपमा नियन्त्रण नभएपनि बस्तिमा रहेको खतरा तत्कालका लागि टरेको छ ।
पालिको कोल्लाणि पाँखा सामुदायिक बन र जनकल्याण सामुदायिक बन बरपोख्रामा लागेको आगो मानव वस्तिमा पुग्ने खतरा बढेको भन्दै सोमबार स्थानियहरु त्रसित बनेका थिए ।
आगो नियन्त्रणका लागि स्थानिय पाणिनि ७ अड्गुरी र वडा न. ८ पालिका स्थानियहरुको ठुलो सहयोग रहेको प्रहरी चौकि पालीका असइ गन्ज बहादुर घमले पाणिनि न्युजलाई बताउनुभएको छ । वडा न. ८ का वडाध्यक्ष मिनराज आत्रेयले साविक वडा न.५र ६ को कमला मा.वि. तथा कोट आसपासको वस्ति जोखिममा परेको भन्दै हिजो सहयोगको अपिल गर्नुभएको थियो ।
आगो नियन्त्रणमा आएपछि अध्यक्ष आत्रेयले पाणिनि न्युजसँग कुरा गर्दै सबै क्षेत्रबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ । दिउसोबाट फैलिएको आगो नियन्त्रणका लागि स्थानिय , इलाका प्रहरि चौकि पालि, तथा सदरमुकाम सन्धिखर्कबाट आएको शशस्त्रको टिम परिचालित भएको थियो रातभर नसुतेरै जनप्रतिनिधिहरु ,वडा न. ७ का वडाध्यक्ष गुनाखर अधिकारी सहितको टिम आगो नियन्त्रणमा जुटेको थियो ।
सन्धिखर्कबाट दमकल बोलाइएको भएपनि दमकल प्रयोग गर्नु नपरेको स्थानिय कमला माध्यमिक विद्यालयका प्र.अ. गोबिन्दराज पन्थिले बताउनु भएको छ ।
जनकल्याण सामुदायिक बन उपभोत्ता समिति अध्यक्ष रोम बहादुर पाण्डेले बनमा ठुलो क्षति भएपनि मानव बस्तिमा आगो पुग्नबाट जोगाउन सकिएकोमा खुशि ब्यात्त गर्नुभएको छ । स्थानिय शिक्षक झबिलाल पन्थि सुनारले वर्षेनि हुने बन पैदावार तथा बन्यजस्तुको नोक्सानिले वातावरणिय प्रभाव नकारात्मक हुने हुदा डडेलो नियन्त्रणमा विषेश ध्यान दिनुपर्ने बताउनुभएको छ । जंगलमा अझैपनि आगो रहेका कारण सल्किएका काठका मुडाहरु हावाँको झोक्काले छिमेकि अड्गुरी ,एक्लेखर्क तथा भेडावारिको बन तथा वस्तिमा आगोको जोखिम अझै बढ्न हुँदा सतर्कता अपनाउन भने जरुरी छ ।आगलागिको कारण अहिलेसम्म खुल्न छैन ।