१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

पालिबाट फैलिएको आगो ,अड्गुरिको झन्द्रेक- भेडावारी आसपासमा

माधव बेल्वासे पाणिनि न्युज डट.कम.

पाणिनि गाउँपालिका वडा नं. ८ बाट पालिबाट शुरु भएर फैलिएको आगो नियन्त्रण भएकोमा आज फेरि वडा न.८ को एक्लेखर्क र वडा नं. ७ अड्गुरिको झन्द्रेकको भेडावारी आसपासमा फैलिएको छ । आगो फैलिएको क्षेत्र नजिकै स्थानियहरुका घर तथा गोठ पनि रहेका छन् ।

साल र सल्लाका रुखहरु तथा सुकेका पात र काठहरु सल्किरहेको साथै अत्यधिक हावाहुरिका कारण स्थिती भयावह बन्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउनु पर्ने देखिएको छ । पालिमा नियन्त्रणमा आएको आगो एक्कासि आज अपरान्ह सो क्षेत्रमा फैलिएको थियो ।

अफ्ठ्यारो भिरालो जमिन भएका कारण जम्मा भएका स्थानियहरु पनि आगो नियन्त्रणमा लिन सकिरहेका छैनन् । तर स्थानिय ब्यात्तीहरुले आज दिनभर प्रयास गरेका थिए ।अहिले पनि आगलागि भएको क्षेत्रमा  स्थानियहरुको उपस्थितिमा आगो निभाउने प्रयास जारि छ । अत्यन्तै हावाहुरि चलेका कारण स्थिती गम्भिर बन्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउनु हुन साथै आगो नियन्त्रणमा जुटि सहयोग गरिदिनु हुन अपिल गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार