प्रिय जीवन संगीनी
मीठो सम्झना, छोराछोरीमा शुभ स्नेह।
सम्पूर्ण खबरहरूका आदान प्रदान त आजकाल मोबाईलको माध्यम बाट हुने गर्दछन। अन्य केही अतिरिक्त कुराहरू पत्रको माध्यमबाट लेख्दै छु। छोराछोरीहरू परीक्षाको तैयारीमा व्यस्त होलान। अधिक परिश्रम गर्नु, अझै राम्रो अंक ल्याउने प्रयास गर्नु। कोरोनाका कारण बल्झिएका मनहरु अध्ययनको बाधक नबनाउनु ।
शिक्षा नै उन्नतिको मुहान हो। वर्तमान समयमा शिक्षाको क्रान्ति नै आएको छ। प्रतिस्पर्धाको समय आएको छ। सामान्य अंक तथा कक्षा उत्तीर्ण गर्नाले मात्र केही हुदैन। सर्वोत्कृष्ट अंक ल्याउने, सफलता को शिखरमा पुग्न सक्ने तथा प्रतिस्पर्धाको दौड़मा प्रथम पंक्तिमा आउन सक्ने विद्यार्थीको कक्षा कोठामा मात्र नभई गाउँ, छिमेक सबै स्थानमा असल तथा लगनशिल छात्र छात्राको रूपमा गणना हुन्छ। तिमीहरूसंग मेरो अपेक्षा पनि यही छ। अध्ययन कार्यलाई सफलताको मूलमंत्र सम्झेर विषेष ध्यान दिने, निरन्तर अभ्यास, कठोर परिश्रम देखि पछी नहटने। भाग्यलाई दोष दिनु हुदैन। भाग्य तथा परिश्रम साथ साथ रहन्छन भन्ने कुरालाई जान्नु पर्दछ। बिना परिश्रम उपलब्धि असंभव तथा अर्थहीन हुन्छ। आजका बालबालिका भोलीका देशका कर्णधार हुन। देशका भाग्य निर्माता हुन। अत: आफ्नो भाग्य निर्माता स्वंय बन्नु पर्दछ। विद्यार्थी जीवन एक कष्टदायी जीवन पनि हो, यस जीवनमा सुखको अभिलाषा राख्नु हुदैन। साधन र स्रोत सम्पन्न व्यक्ति संग आफ्नो तुलना गर्नु हुदैन। सामाजिक संजाललाई अध्ययनको सहयात्री मात्र बनाउने प्रयास गर्नु पर्दछ। महान लक्ष्य निर्धारित गर्नु पर्दछ। खुला मनस्थिति तथा व्यापक सोच राख्नु पर्दछ। शिक्षित तथा संघर्षषील व्यक्तिको अनुसरण गर्नु पर्दछ। स्वयंको क्षमताले नभेटे मात्र सहयोग को अपेक्षा राख्नु। विष्वास गरीने स्थानमा धोखा पनि मिल्न सक्छ। गल्ती धोखा दिनेको हैन, धोखा खानेको हो। यसलाई आफ्नो अपरिपक्कताको निशानी मान्नु पर्दछ। कसैलाई आफ्नो सम्झेर आवस्यकता भन्दा बढि विश्वास गर्नु हुदैन अनि पराई भनि अपहेलना पनि गर्नु हुदैन। यही सफल जीवनको मूलमंत्र पनि हो।
विगत केही समय देखि विष्व स्तरमा नै कोरोना महामारी ले भयाभह रूपधारण गरेको छ। सम्पूर्ण सवारी साधनहरू लगभग बंद नै छन। बैंकिग संस्थानहरू पनि बंद छन। लेनदेन स्थगित छन। आउने जाने मानिस पनि मिल्दैनन्। खर्चको लागि केही रुपैया पठाउने विचार गरेको थिए त्यो पनि संभव भएको छैन। अब केही वैकल्पिक व्यवस्था गर्नु।
सबै तीर त्राहीत्राही छ। संक्रमण रोक्नका लागि लकडाउन भएको छ। बीरामिका लक्षण तथा उचित औषधिको अनुसंधान भई सकेको छैन, केवल बचावट नै रोकथामको प्रथम उपाय मानीएको छ। मानवद्वारा मानवमा फैलीने यो संक्रमण बाट बच्न को लागि सामाजिक दूरी बनाई राख्ने, भीड़भाड क्षेत्रमा नजाने, मास्क र सेनेटाईजरको नियमित प्रयोग गर्नु, अनावष्यक रूपमा आवत जावत नगर्नु। सावधानीमा नै बच्न संभव छ। कृपया ध्यान दिनु लापरवाही गर्ने समय छैन।अन्त्यमा तिमीहरूको उज्जवल भविष्य को कामना गर्दै, आसिर्वाद ।
तिम्रो शुभचिन्तक
राम प्रसाद बेल्वासे
हाल मध्यप्रदेश, भोपाल, भारत