पारस भट्टराई/ काठमाडौँ।
देशभर चुनावि बहस शुरु भैरहेका बेला अर्घाखाँचीमा पनि चुनावि चहलपहल तथा सरगर्मि सुरु भईसकेको छ। निर्वाचन आयोगले मंसीर ४ गते निर्वाचनको मिति तोकेसँगै यतिबेला सहर देखि गाउँसम्म नेता तथा उम्मेदवार जनतालाई आफुतिर आकर्सित गर्न हरसम्भव प्रयास गर्न थालिसकेका छन। अर्घाखाँचीमा पनि चुनावि माहोल सुरु भईसकेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा धेरैपटक नेता टोपबहादुर रायमाझीले जितेको जिल्ला हो। पहिले माओवादी केन्द्रबाट निर्वाचित रायमाझी नेकपाको बैधानिकतामाथि सर्वोच्वको अंकुश पछि उनि एमालेमै रहेका छन्।
यस्तै कांग्रेसका थुप्रै नेताहरु टिकट पाईने आशामा काठमांडौमा नेताहरुका दैलोमा पुगिरहेका खबर पनि बाहिरिएका छन् । गठवन्धन हुने आशामा कांग्रेस सहित माओवादिबाट डिलाराम आचार्यले पनि आफु अर्घाखाँचीबाटै चुनाव लड्ने संकेत गरेका छन् ।
यसैविच अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वतन्त्रबाट कलाकार दुर्गा बञ्जाडे मैदानमा उत्रिएको बताएका छन। उनले राजनितिलाइ नेताहरुले एकलौटी आफ्नो सम्पती बनाए,अब गरिब नागरिकको उद्दार गर्न स्वतन्त्र उम्मेदवारलाई अर्घाखाँची बासीले जिताउन पर्ने बताए। “युवाको जित हुनु पर्छ अनि जिल्लालाइ कस्तो बनाउने जनताले बनाउने हो नेताले होइन म पनि अर्घाखाँचीको नागरिक भएकोले जिल्लामा केहि गरौ भनेर आएकोले सबैको साथ सहयोग चाहिन्छ तपाईं हाम्रा सुबिधा नेताले खाइ दिए त्यो सुबिधा जनताको हातमा ल्याउनु छः उनले भने’।
तपाईले जनतालाई मलाई भोट दिनुहोस भन्ने आधार चाहि के छ भन्ने प्रश्नको जवाफमा बञ्जाडे भन्छन् “हामीले जोड दिने भनेको कृषि ,उधोग,शिक्षा,पर्यटन,यी क्षेत्रबाट अर्घाखाँचीका नागरिकलाई रोजगार दिएर आत्मनिर्भर बनाउने उदेश्य हो। अनि खानेपनि देखि धेरै कुरा आउछ्न ठुला सपना भन्दा पनि सानो सानो बाट ठूलो समस्याहरु हल गर्दै जाने हो। भ्रष्टाचारलाई जरै देखि उखेल्नु छ र ब्यावहारिक शिक्षामा पनि जोड दिनु प्रमुख उद्येश्य रहेको छ । ”
तपाइले जनताबाट कस्तो अपेक्षा राख्नु भएको छ भनी राखिएको प्रश्नमा उनको जवाफ यस्तो रहेको छ । “जनता सचेत भइ सकेका छ्न पुराना दलहरुले गरेका झुटा आश्वासन अनि जनता माथी गरेका कुठाराघातका कारणले अब स्वतन्त्र लाई जिताउन आवस्यक छ। त्यसैले सबै जनता मिलेर अगाडि बढ्नु पर्छ।”
विभिन्न ठाउमा स्वतन्त्रले जित हासिल गरे पनि काम गर्न ग्राहो भईरहेको छ यसमा तपााईको भनाई के छ भनेर राखेको जिज्ञासामा बञ्जाडेको जवाफ यस्तो आएको छ ।
“बिकास नचाहने नेताहरुलाई यहि चुनावबाट भोट मार्फत बिदा गर्नु पर्छ। धरानका जनताले जसरी हर्क साम्पाङ्गलाई बिस्वास गरे त्यसरी नै नेपालभरी बाट स्वतन्त्रलाई बिस्वास गरौ। सम्सद भवन भित्र धेरै स्वतन्त्र भित्रन आवस्यक छ अनि काम गर्न पनि सजिलो हुन्छ। यो सुरुवात हो।”
दुर्गा बञ्जाडे जस्तै देशभर स्वतन्त्र उमेद्धवारहरुको चर्चा उठिरहेका छन् तर बहुदलिय ब्यावस्थामा यसरि स्वतन्त्रहरुको उदय हुनु राजनिति प्रतिको वितृष्ण पो होकि ?