१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

मुक्ति पथका तीन पाईला बिमोचन

हिम लेकाली
भाद्र ९, सन्धिखर्क

निबृत राष्ट्र सेवक समाज अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको शान्ति बगैचामा “मुक्ति पथका तीन पाईला” नामक कविता संग्रह विमोचन भएको छ ।

समाजसेवी रामचन्द्र पाख्रेलको अध्यक्षता मा सन्धिखर्क नगरपालिका १ निवासि कवि बिष्णु प्रसाद भुसाल द्वारा लिखित पुस्तकको बिमोचन कार्यक्रमका प्रमुख अतिथि निबृत राष्ट्र सेवक समाज केन्द्रीय महासचिब बिष्णु प्रसाद बस्यालले गर्नु भएको थियो । पुस्तकको समीक्षा शैक्षिक ब्यक्तित्व धुर्ब के.सि.ले गर्नु भएको थियो ।


पुस्तकमा जन्मभूमि प्रतिको प्रेम ,पितृ भक्ती तथा प्रकृति प्रेमका कविता ,आध्यात्मिक मार्गमा मुक्ति र मोक्षका कविता रहेका छन् । सबै कविताहरू छन्दमा लेखिएकाले रसिला र शान्त रसका छन् । यी सबै कविता ले नयाँ पुस्तालाई जागरण पैदा गराएका छन् भने समाज परिवर्तन र सुधार का लागि नयाँ सन्देश दिएका छन् । कविता संग्रहमा कतिपय कविताहरू राजनिती मा देखियको बिकृति लाई ब्यङ्ग गर्दै बोलेका छन् । पुस्तकमा ६२ कविताहरू संग्रहित छन् ।कार्यक्रममा समाजसेवी संस्कृति प्रेमी जित बहादुर खड्का , लक्ष्मी नारायण आचार्य , दधिराम बस्याल डिल्ली राज भुसाल ,मुकुन्दराज आचार्य ,प्रेम नारायण खनाल , को बिशिस्ट आतिथ्यता रहेका थियो । कार्यक्रममा संस्कृति प्रेमी जनार्दन खनाल , शिक्षा समन्वय प्रमुख मनिराम पराजुली साहित्यकार मोति खनाल , हिम लेकाली,बुद्धि राम गैर , माधव राज चुँदाली , कमल पोख्रेल , लगायतले शुभकामना मन्तब्य सहित रचना बाचन गर्नु भएको थियो ।
संस्थाका सचिव कमल प्रसाद घिमिरेको स्वागतमा सम्पन्न कार्यक्रमको सन्चालन शैक्षिक ब्यक्तित्व गंगाराम भुसालले गर्नु भएको थियो ।
२३ बर्ष भूमिकास्थान नगरपालिकाको जनप्रिय मा.वि. असुरकोटमामा शिक्षण पेशामा संलग्न भई प्रधानाध्यापकको भूमिका निर्बाह गर्नु भएका
लेखक अहिले निबृत राष्ट्र सेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्ष हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार