१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

पाणिनीमा तिज गित प्रतियोगिता सम्पन्न

पटौटिले लिएन पुरस्कार

शिबराज बेल्वासे/ १० भदौ
अर्घाखाँची ।
अर्घाखाँची । पाणिनी पर्यटन समाज र ओम इन्टरटेन्मेन्ट प्रा.लि द्वारा संयुक्त आयोजना गरिएको खुल्ला तिजगित प्रतियोगिता दुर्गाफाँटमा संपन्न भएको छ ।

९ समूह बिच प्रतिस्पर्धा भएको प्रतियोगितामा उत्प्रेरणा आमा समूह पाली प्रथम स्थान हात पारेको छ ।

यस्तै सृजनशिल स्वास्थ्य आमा समूह द्वितीय, आयोजक पाणिनी पर्यटन समाजको टिम तृतिय र रातपानी राम मन्दिर आमा समूह पटौटी सान्त्वना भएको छ ।
यसैबिच शान्त्वना स्थान प्राप्त गरेको रातपानी राम मन्दिर आमा समूह पटौटीले भने निर्णयमा निश्पक्षता नभएको भन्दै पुरस्कार नलिएको बताएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाइ१० हजार प्रमाण पत्र र सिल्ड द्वितीय हुने समुहलाइ ८ हजार प्रमाण पत्र र सिल्ड यस्तै तृतीय हुने समुहका लागि ६ हजार प्रमाण पत्र र सिल्ड र सान्त्वना समुहलाइ ५ हजार प्रमाण पत्र र सिल्डको व्यवस्था आयोजकले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार