११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

पहाडी जिल्लामा सघन शहरी विकास गर्न आवश्यक : प्रधानमन्त्री देउवा

बुटवल।
बुटवलमा शनिवार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पहाडी जिल्लामा सघन शहरी विकास गर्न आवश्यक रहेको बताए । जसका लागि नयाँ शहरी नीति कार्यान्वयन गरिने उनको भनाइ छ । उनले शहर व्यवस्थित भए आर्थिक गतिविधि बढ्ने भएकाले यसो भइदिए विकास र अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने समेत स्पष्ट पारे ।
प्रधानमन्त्री देउवाले मुलुकको द्रुत विकासका लागि व्यवस्थित शहरीकरण आवश्यक भए पनि कतिपय शहर व्यवस्थित ढंगले नबनेको बताए । सुन्दर, स्वच्छ शहर अहिलेको आवश्यकता भएकामा जोड दिँदै उनले शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुको विकल्प नभएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पहाडमा शहरी पूर्वाधार नबन्दा बसाइसराइ अत्याधिक बढेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार