बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बुटवल आएका छन् । लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिन उनि साढे ११ बजे बुटवल आएका हुन् । प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिने पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीले जानाकारि दिएका छन् । दिउसो ३ बजे पत्रकार सम्मेलन गरिने पार्टीले जनाएको छ ।
प्रचण्डसँगै बुटवल आएका पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन पनि बुटवलको कार्यक्रम सकेर आजै काठमाडौं फर्कने बताइएको छ ।
राजनीतिक प्रशिक्षण दिदै बुटवलमा प्रचण्ड

तपाईको प्रतिक्रिया