२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

जन संगठन समन्वय संयन्त्रको बैठक सम्पन्न

हिम लेकाली
भाद्र ११, सन्धिखर्क
नेकपा एमाले सम्बद्ध जनसंगठन समन्वय संयन्त्र को बैठक मदन आश्रीत स्मृति भवनमा सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष ईश्वरा पोख्रेलको अध्यक्षता, पार्टी अध्यक्ष पिताम्वर भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जन संगठनका ईन्चार्ज सह ईन्चार्ज र संगठन प्रमुखहरूले आफ्ना संगठनका गतिविधि हरू बारे प्रकाश पार्नु भएको थियो ।

बैठकमा जनसंगठन र पार्टी बिचको अन्तर सम्बन्ध बारे पार्टी अध्यक्ष प्रमुख अतिथि पिताम्वर भुसालले प्रशिक्षण मुलक मन्तव्य दिनु भएको थियो । जन संगठनहरू पार्टीका मुख्य अङ्ग भएकोले जनसंगठन बलियो नभए सम्म पार्टी बलियो नहुने हुदा जनसंगठन निर्माणमा पार्टी दिलो ज्यान दिएर लाग्ने बताउनु भयो ।
बैठकले विभिन्न बिषयमा घनिभुत छलफल गरि महत्त्वपूर्ण निर्णयहरू लिएको छ । संगठन समन्वय संयन्त्र भित्र जिल्ला मा एमाले सम्बद्ध २३ संगठन हरू रहेका छन् । बैठकले सम्मेलन नभएका ६ जनसंगठनहरू राष्ट्रिय युवासंघ नेपाल ,पेशागत महासंघ , ट्रेड युनियन महासंघ (जिफन्ट) ,भूमिहिन सुकुम्बासी संगठन ,प्रगतिशील तथा पेशागत कानून ब्यवसायी संगठन ,प्रोग्रेसिभ ईन्जिनियर एशोसियसन नेपाल, लगाएतका संगठनहरूको भदौ मसान्त भित्र भेला तथा सम्मेलन गर्न जन संगठनलाई निर्देशन गरेको छ । बैठकको सहजिकरण जिल्ला सचिव तोज बहादुर रायमाझीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार