२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

बालापनमा सुख थियो बा आमाको काखमा “भिडियो सहित”

आफुलाई संगितको क्षेत्रमा अरु केहि गर्ने हिम्मत बढाएको छ : सर्जक घिमिरे

माधव बेल्वासे / अर्घाखाँची
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज विषेश कार्यक्रम र गितहरुले माओल तताइरहेका छन् । सामाजिक संजाल टिकतकमा त झन अहिलेको खुराक नै बनेका छन् तिजका गितहरु । कतिपय गितहरुले बजारमा खासै प्रभाव नपारे पनि हाम्रा मौलिक संस्कृति बोकेका गितहरु भने आम स्रोता तथा दर्शकको मुख्य रोजाईमा पर्न सफल रहेका छन् ।
यस्तै अहिले कार्यक्रम होस या टिकटक जताततै छाईरहेको गित हो अर्घाखाँचीका सर्जक नवराज घिमिरेको गिति एल्वम दर्पण छाँया । यस गितमा प्रयोग भएका शब्द तथा मौलिक संस्कृति बोकेको रचना स्रोता तथा दर्शकको मुख्य रोजाईमा पर्न सफल भएका छन् ।

सायदै यि टुक्कामा टिकटक नबनाउने लोक संस्कृति र टिकटक प्रेमिहरु कमै होलान जस्तो अनुभुति हुन्छ हेर्दा पनि ।
यस गितमा रहेका टुक्का बालापनमा सुख थियो बा आमाको काखमा सर्वाधिक रुचाईएको पाईएको छ । कलाकार घिमिरेले पाणिनी न्युज डटकमसँगको कुराकानिमा दर्शकको मायाले आफुलाई संगितको क्षेत्रमा अरु केहि गर्ने हिम्मत बढाएको बताएका छन् ।

https://youtu.be/RoIZPVgaboc

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार