२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

अर्घाखाँची पोली क्लिनिकको सेवा आफ्नै भवनबाट

हिम लेकाली
भाद्र १३ ,सन्धिखर्क

लुहेस्को लिमिटेडद्वारा सन्चालित अर्घाखाँची पोली क्लिनीकले अब आफ्नै भवनबाट सेवा सन्चालन गरेको छ ।
लुहेस्कोले बिरामिहरूको सुबिधा लाई मध्यनजर राखि सन्धिखर्क स्थित साथि होटलको अगाडि रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको हो ।

नयाँ भवनमा कामको थालनी जनरल फिजिसिएन डा.जगन्नाथ तिवारिले एक कार्यक्रमका बिच गर्नु भएको छ । कार्यक्रममा लुहेस्को कार्य समितिका पधादिकारि पत्रकार साथै कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

पोलि क्लिनिकमा बिभिन्न रोगका बिशेषज्ञद्वारा दैनिक तथा साप्ताहिक बिरामि जाँच सेवा,एक्सरे ,भिडियो एक्सरे,ल्याब ,फार्मेसी साथै ईमर्जेन्सी सेवाहरू रहेका छन् ।

२०६४ सालमा स्थापना भै सन्चालनमा आएको लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (लुहेस्को) ले अर्घाखाँचीमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कामहरू गर्दै आएको छ ।
जस्ले जिल्लामा पहिलो पटक हेपाटाइटिस बिरूद्धको खोप सेवा सन्चालन गरेको थियो ।यस्ले बेला बेला निशुल्क स्वास्थ्य शिविर ,विभिन्न स्वास्थ्य सेवा सम्बन्धि छलफल र गोष्ठि ,कोभिड बिरूद्धको अभियानमा विभिन्न संघ संस्थाको साझेदारीमा कोभिड संक्रमितहरूलाई साथ सहयोग प्रदान गर्दै आएको थियो ।

यसरी स्वास्थ्य क्षेत्रबाट सामाजिक सेवाको कार्यमा संलग्न लुहेस्कोले संस्थाको १२ औं साधारणसभा र चौथो अधिवेशन सम्पन्न गरेको छ । जस्को वर्तमान कार्यसमिति अध्यक्षतामा संगीता बेल्बासे रहनु भएको संस्थाका पूर्व अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार तिलक मिश्रले जानकारि दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार