३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अल बिदा ओमप्रकाश बिक

अर्घाखाँची
नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटी सदस्य तथा उत्पीडित जातीय मुक्ति समाज नेपाल अर्घाखाँचीका सस्थापक नेता पाणिनि गाँउपालिका वडा न. ८, पाली निवासी ओमप्रकाश बि.क. को हिजो भाद्र १४ गते उपचारको क्रममा अस्पतालमै ६१ वर्षको उमेरमा अकल्पनीय दुस्खद निधन भएको छ।
पिता अनन्त बिक र आमा निर्मलाको कोखबाट कान्छो छोराको रुपमा २०१८ सालमा जन्मनु भएका बिकले कम्युनिस्ट पार्टीको कार्यकर्ता भएर निरंकुश पन्चायती ब्यबस्थाको बिरुद्ध र बहुदलीय प्रजातन्त्रको पक्षमा भूमिगत रुपमा समेत काम गर्नुभएको थियोे ।
२०४७ सालमा नेकपा मालेको संगठित सदस्यता प्राप्त गर्नु भएका खरो स्वभावका नेता बिक २०६२ ०६३को दोस्रो जनआन्दोलनका क्रममा आन्दोलनको मैदानबाट गिरफ्तार पर्नु भएको थियो। साथै प्रहरीले लाठी प्रहार बाट हात समेत भाचिएको थियो। पार्टी निर्माण तथा सामाजिक कार्यमा निरन्तर लागिरहनु भएका दलित फाटका अगुवा नेता ओमप्रकाश बिक २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट पाणिनी गाउँ कार्यपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको थियो।

पार्टीको एउटा असल निष्ठावान नेताको अकल्पनीय निधन प्रति दुख व्यक्त गर्दै एमाले अर्घाखाँचीले दिवङ्गत बिकको दाहसंस्कार गर्नु अघि आज भाद्र १५ गते बिहानै पाली स्थित उहाँको निवासमा पुगेर उहाँ प्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको छ।

नेकपा एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उहाँको पार्थिक शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नु भएको श्रद्धाञ्जली कार्यक्रममा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य,प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल,प्रदेश कमिटी सदस्यहरु जीवनारायण कोइराला, प्रेमनारायण गैरे,जीवलाल घिमिरे,प्रदेश सल्लाहकार सदस्य इश्वरी खनाल,जिल्ला कमिटी सचीव तोज बहादुर रायमाझी,जिल्ला कमिटी सदस्य तथा २ नम्बर क्षेत्रीय समन्वय कमिटी संयोजक रामचन्द्र पोख्रेल,जिल्ला कमिटी सदस्य तथा पाणिनी पार्टी सह इन्चार्ज उमानाथ पौडेल,जिल्ला कमिटी सदस्य लक्ष्मण नेपाली,नजिर मिया,रिषी खनाल,प्रदीप पाण्डे,मिना नेपाली पाणिनी गाउपालिका कमिटी अध्यक्ष कमल घिमिरे,सचीव गुनाखर अधिकारी, पार्टी नेताहरू मिनराज आत्रेय, गोपाल पन्थी, रोम बहादुर पाण्डे,झबिलाल बिक,इन्द्र्मणी खनाल,एयापदिन अलि, कृष्ण पोख्रेल,धर्म अर्याल, रिता खड्का पदम खनाल,सुस्मा परियार,कृष्ण अधिकारी, पशुपति खनाल ।।।लगायत सयौं नेता कार्यकर्ता र स्थानीयले बिकको पार्थिक शरीरमा फूल तथा अबिर चढाएर श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो। दिवङ्गत नेता ओमप्रकाश बिकको रुरु धाम स्थित रिडि घाटमा आज नै दाहसंस्कार गरिएको छ।
यसैविच पार्टीको अग्रज नेतालाई गुमाउनु परेको भन्दै एमाले नेता प्रेमनारायण गैरैले सामाजिक संजालमार्फत दिवंगत ओमप्रकाश बि.क. प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै,शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार