२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

उद्योग संघले सञ्चालन गर्‍यो रोजगार सूचना केन्द्र

बुटवल । लुम्बिनी प्रदेशमा निजी क्षेत्रले रोजगार सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रूपन्देही उद्योग संघले स्थापना गरेको रोजगार सूचना केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।
लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे ।
केन्द्रको उद्घाटन गर्दै मन्त्री अजय शाहीले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताए ।
संघका अध्यक्ष माधवप्रसाद पौडेलले प्रदेश सरकार एवं बुटवल उपमहानगरपालिकाको सहयोगमा केन्द्रले काम गर्ने बताउँदै सिपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरूको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने भूमिका निवाह गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले श्रम शक्तिको सम्मान र उनीहरूको उचित परिचालनका गर्दै स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान दिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार