२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

गुल्मीमा एकै दिनमा ३६ जनामा सङ्क्रमण पुष्टि

स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालय गुल्मीको अनुरोध

गुल्मी।
गुल्मीमा कोरोना सङ्क्रमणको दर उच्व देखिन थालेको छ । शुक्रबार मात्रै गुल्मीमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताउनुभयो ।

७० जनामा गरिएको एन्टिजेन परीक्षणमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सङ्गै जिल्लामा कुल सक्रिय सङ्क्रमित सङ्ख्या १४२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा रहेको आचार्यले बताउनुभयो ।

जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालय गुल्मीले अनुरोध गरेको छ । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखालाई एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको आचार्यले बताउनुभयो ।
गुल्मीमा हालसम्म कोरोना सङ्क्रमणका कारण २८८ जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार