२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे बैठक सम्पन्न

अर्घाखाँची ।
घरेलु तथा साना उद्योग महासंघ अर्घाखाँचीकाे प्रथम बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष हिम लेकालीकाे अध्यक्षतामा सम्पन्न बैठकले समसामयिक बिषयमा विभिन्न निर्णयहरू लिएकाे छ ।
बैठकले नगर तथा पालिका समिति निर्माणका लागि जिम्मेवारी बाडफाड गरेकाेछ ,जिम्मेवार प्राप्त पदाधिकारी सदस्यहरूले स्थानीय स्तरमा पुगि नगर तथा पालिकासंग समन्वय गरि उद्यमीहरूकाे भेला गराई समितिकाे चयन गर्ने बताईएकाे छ ।

बैठकले महासंघकाे कार्यलाई अझ कृयाशिल बनाउन संस्था लाई सहयाेग पुर्याउनु हुने महानुभावहरू रहेकाे ५ सदस्यीय सल्लाहकार समितिमा गठन गरेकाे छ । जस्मा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्ताेष पाेख्रेललाई बरिष्ठ सल्लाहकारमा मनाेनयन गरिएको छ ।

बैठकले सन्धिखर्कमा रहेकाे कार्यालय जन सम्पर्कमा रहने गरि थप ब्यबस्थापन गर्ने, प्रदेश कार्यालय लाई अार्थिक बर्ष २०७९ /०८० काे लागि जिल्लामा गरिने तालिम तथा कार्यक्रमकाे कार्ययाेजना वनाई पेश गर्ने निर्णय गरेकाे छ । बैठकले श्रावण २१ गते सम्पन्न जिल्ला सम्मेलनकाे समिक्षा , तथा आम्दानी खर्चकाे , अनुमाेदन समेत गरेकाे छ ।
महासचिव रामहरि भुसालकाे सन्चालनमा सम्पन्न बैठकमा महासंघ का प्रदेश प्रतिनिधि बसन्ता पाैडेल , रूक्मणि पराजुलीकाे आतिथ्यता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार